कर्णाली प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै

लोकपथ
7
Shares
??????? ??????????? ?????? ???? ????? ?????? ?????? ????? ??????? ????????? ????? ? ??????? ????? ??????÷????

सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको छ । सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ ।

सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ । उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव जित्ने अवस्था छैन । उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन् । पोखरेल प्नत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक केटाबाट सांसद बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?