लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाउने एकजना अमेरिकन नागरिकसहित ७ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको जगातीमा चेकजाँचका क्रममा शनिबार‍ ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक Tascom Hopcon, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् ।

त्यस्तै, बागमती प्रदेश ०२–०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२–०२२ च ४९६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र ईम्बोस्ट BAB १९६४ नम्बरको कार चालक थानकोटका पवन राना मगर पनि लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा पक्राउ परेका हुन् ।

लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त जगातीमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यस बाहेक यही पुष महिनाभरी लागुऔषध सेवन गरी सवारी साधन चलाउने ८ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइसकेको छ ।

मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना हुनुको साथै मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी साधन नचलाउनु हुन सवारी चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोधसमेत गरेका छन् ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?