कुमारी बैंक र स्पार्क हेल्थहोमबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनैपनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आगामी दिनमा पनि आकर्षक योजनाहरु ल्याउने जनाएको छ ।

आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको बैंकले आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?