कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङले दिइन् उम्मेदवारी

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि नेकपा (एमाले) की नन्दा गुरुङले सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । गुरुङले शनिबार अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएकी हुन् ।

कर्णालीको सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा भएपनि सभामुख एमालेले यो पटक महिलालाई अघि सारेको हो । गुरुङ सुर्खेतबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ । यता, नेपाली कांग्रेसबाट पनि सभामुखका लागि सुर्खेतबाट निर्वाचित सांसद खड्ग पोखरेलले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?