माइतीघर पुगेर गृहमन्त्रीले भने, ‘दोषीमाथि कारबाही हुन्छ, धर्ना रोकेर घर फर्कनुस्’

लोकपथ
0
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै धर्नामा बसिरहेका महिला अधिकारकर्मीहरूलाई धर्ना रोकेर घर फर्कन आग्रह गरेका छन् ।

निर्मला कुर्मीले न्याय नपाएपछि माइतीघरमा रुबी खानको नेतृत्वमा धर्ना बसेका महिला अधिकारकर्मीहरूलाई धर्ना स्थगित गर्न उनले आग्रह गरेका हुन् । महिला अधिकारकर्मीहरूले लालटिन बालेर प्रदर्शन गरेपछि गृहमन्त्री लामिछाले त्यहाँ पुगेर पीडितहरूलाई भेट गरेका थिए । भेटमा गृहमन्त्री लामिछाले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘अघिल्लो सरकारबाट भएका अनुसन्धानमा पनि केही त्रुटि भए होलान् । त्यसलाई पनि सच्याउनु पर्नेछ । मैले यो घटनालाई अति संवेदनशील रुपमा लिएको छु । यसमा संलग्न व्यक्तिहरूमाथि पनि कारबाही हुन्छ । तपाइँहरूलाई म विश्वस्त बनाउन चाहन्छु ।

तपाईँहरू यो चिसोमा यसरी दुख पाएर बस्दा मलाई पनि सहज लागिरहेको छैन । तपाईँहरू यसरी धर्ना नबसे पनि सरकारले गर्ने कारबाही गरिरहेको हुन्छ ।’ गृहमन्त्री लामिछानेले भनेका थिए । प्रदर्शनकारीहरूको पक्षबाट रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको प्रतिक्रिया दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?