सुदूरपश्चिममा आज साँझ ६ बजे सभामुखको निर्वाचन गर्ने निर्णय

लोकपथ
65
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुखको चयनका लागि आज निर्वाचन  हुने भएको छ । शनिबार बिहान बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुटेको हो । सर्वदलीय बैठकले आज साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यसअघि सभामुख चयनका लागि प्रदेशसभामा शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएपछि मतदान प्रक्रिया अनिश्चित भएको थियो । यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

सुदूरपश्चिमको सभामुख हुन चाहिने बहुमत पु¥याएर बिहीबार प्रदेश सभाको बैठक बसेको थियो । तर, सत्तापक्षकै एक जनाको मत बदर भएपछि सभामुख चयन गर्न आवश्यक २७ मत पुगेन । यस दिन सत्ता पक्षका दुईजना सांसद पनि उपस्थित भएका थिएनन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?