एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा भुसाल मनोनीत

लोकपथ
0
Shares
????? ??????? ????????? ?? ???????? ???? ????? ?????? ???????? ???????? ???? ??????? ???????? ?????? ???????? ?????? ?????? ????? ????? ? ?????? ? ?????????? ?????÷????

काठमाडौं । पूर्वमन्त्री एवं वामपन्थी नेता घनश्याम भुसाललाई नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । निर्वाचनमा एमालेले टिकट नदिएपछि पार्टी छाडेका उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?