आगलागीबाट ४९ लाख बराबरको धनमाल क्षति

लोकपथ
26
Shares

धनकुटा । गए राति धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुुवा बजारमा भएको अगलागीमा ४९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको पे्रmस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।

आगलागीबाट राईको दुई तोला सुन र नगद दुई लाखसहित ३७ लाख रुपैयाँ र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित पाँच लाख रुपैयाँ बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै, झमक थापाको दुई तोला सुन र ७० हजार रुपैयाँ नगदसहित पाँच लाख रुपैयाँ, अर्जुन घिमिरेको एक लाख रुपैयाँ र डम्बर थापाको ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

पीडितलाई जनही नगद १५ हजार रुपैयाँसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए । बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?