सातामा २३ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार

लोकपथ
0
Shares

काठमाडौं । सेयर कारोबार रकम यो साता उच्चरुपमा बढेको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेकोमा दुई दिन नेप्से बढेको थियो भने दुई दिन घटेको थियो ।

तर, नेप्सेको यही घटबढका बीचमा पनि कारोबार रकम भने उल्लेख्यरुपमा बढेका कारण पनि साताको कुल कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले बढ्न सफल भएको हो । सेयर कारोबार रकम बढ्दा केहीहदसम्म नेप्से सूचक पनि बढ्न सफल भएको छ ।

जसअनुसार नेप्से २१ सय ४९ दशमलव ३९ अंकमा कायम हुन पुगेको छ भने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ११ दशमलव २५ अंकमा कायम हुन पुगेको छ । सातामा दुई सय ५९ वटा कम्पनीहरुको तीन लाख ४३ हजार ८८ पटकको कारोबारमा छ करोड ४१ लाख चार हजार एक सय पाँच कित्ता शेयर किनबेच भएका छन् ।

सोही किनबेचका आधारमा यो साता कुल कारोबार रकम २३ अर्ब ९१ करोड छ लाख ८१ हजार एक सय ५८ रुपैयाँ पुग्न सफल भएको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैयाँले बढी हो । गत साता यस्तो कारोबार रकम १९ अर्ब ९७ लाख ३९ हजार सात सय ७२ रुपैयाँ रहेको थियो ।

कुल दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ९३ हजार चार सय ९६ पटकको कारोबारमा चार करोड ८६ लाख ९० हजार छ सय १६ कित्ता शेयर किनबेच उक्त परिमाणमा रकम कारोबार भएको थियो । दैनिक सेयर कारोबारको विश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि चार दिन मात्र खुल्ला रहेको थियो ।

जसमध्ये पहिलो र दोस्रो दिन बढेको नेप्से तेस्रो र पाँचौं दिन भने घटेको थियो । चौंथो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । जसमध्ये पहिलो दिन २० दशमलव ६८ अंकले बढेर दुई हजार एक ६४ दशमलव ६१ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन पुन ४७ दशमलव १५ अंकले बढेर दुई हजार दुई सय ११ दशमलव ७६ पुग्न सफल भएको थियो ।

तेस्रो दिन भने २१ दशमलव ३४ अंकले घटेर २१ सय ९० दशमलव ४२ झरेको नेप्से पाँचौं दिन पुन ४१ दशमलव शुन्य चार अंकले घटेर २१ सय ४९ दशमलव ३९ अंकमा खुम्चिन पुगेको थियो । यसैगरी पहिलो दिन चार सय ११ दशमलव २३ बिन्दुमा स्थिर रहेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने आठ दशमलव ६८ अंकले बढेर चार सय १९ दशमलव ९१ अंकमा चढ्न सफल भएको थियो ।

तेस्रो दिन शुन्य दशमलव ७७ अंकले घटेर चार सय १९ दशमलव १४ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन पुन सात दशमलव ८९ अंकले घटेर चार सय ११ दशमलव २५ अंकमा सिमित हुन पुगेको थियो । यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन                        कम्पनी संख्या            कारोबार संख्या                    कित्ता                        कारोबार रकम
पहिलो दिन                     २५९                        ७५४६५                       १४१००९८८                ५४५९९२५००१.१९
दोस्रो दिन                       २५७                        ७४५४३                       १४६७६२०६               ५३१४३०७८५३.४३
तेस्रो दिन                        २५४                        १०९९६७                      २०८४३९५२               ७६५८८२३५७९.८६
चौंथो दिन                 सार्वजनिक बिदा
पाँचौं दिन                       २५२                         ८३११३                        १४४८२९५९               ५४७७६२४७२४.३७
कुल                                                            ३४३०८८                    ६४१०४१०५              २३९१०६८११५८.८५
   (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?