२३ माघ २०७९, सोमवार

पाँच महिनामा ९२ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत

२०७९,पुष,२९,शुक्रवार २२:१८

18
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर, नौ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर, चार अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सात अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, पाँच अर्ब ९५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कूल १६ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मंसिर मसान्तमा सूचीकृत ६ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०७९,पुष,२९,शुक्रवार २२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८