काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
शुक्रबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
निर्वाचनमा एमालेले टिकट नदिएपछि पार्टी छाडेका उनलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्दै नेता भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
उनले ओलीले पार्टीभित्र एकाधिकार जमाएको आरोप लगाए । त्यस्तै ओलीले संगठनलाई आफ्नो वरिपरि घुम्नेहरुको झुण्ड बनाएको आरोप लगाए ।
‘ओलीका कारणले ओली बादले ओली विचार, ओली शिद्धान्त र ओली संगठन । संगठन कस्तो हुन्छ भन्ने सौराहा काण्डमा जे गरियो त्यस्तै हुन्छ । शिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् भन्ने उहाँको शिद्धान्त रह्यो ।’ उनले भने ।
त्यस्तै सबैतिर ओलीवाद हाबी भएका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै धरापमा परेको उनको आरोप छ ।
‘सबैमा ओलीवाद हाबी भएका कारण आज कम्युनिष्ट आन्दोलन अफ्ठ्यारोमा पर्दै गयो ।’ उनले भने ।
त्यस्तै भुसालले ओलीको कारण देशले धेरै अवसर गुमाएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया