प्रदेश–१ : कांग्रेस र एसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

लोकपथ
117
Shares

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिकमत कार्कीलाइ मत नदिने जनाएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले बताए ।

अन्य विषयमा सहयोग गर्न आफूहरु तयार रहेपनि विश्वासको मत दिन नसिकएको बताए ।यस्तै कांग्रेससहित नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत निदने भएको छ ।

एकीकृत समावादी प्रदेश नं १ का संसदीय दलका नेता राजेन्द्र राईले वर्तमान सरकारले भावी नीति तथा कार्यक्रम र प्रतिबद्धता नल्याएका कारण विश्वासको मत दिने अवस्था नरहेको बताए । केन्द्रमा केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेको कामकारबाही हेरेर पनि प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताए ।

‘सरकारको स्थायित्वको कामना दिर्धायुको कामना गर्न चाहन्छु तर भावि कार्यक्रम र प्रतिबद्धता नल्याएका कारणले विश्वासको मत दिन सक्ने अवस्था छैन ।’उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले गरेका काम हेरेर पनि एमालेको नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने आधारनै छैन ।’

त्यस्तै विगतमा गरेका गल्ती नसच्याएकाले साथ दिन नसकिएको उनले बताए । मुख्यमन्त्रीले विश्वासको मत माग्ने छलफलनै नगरेको समेत उनले बताएका छन् ।

प्रदेश नं १ मा नेकपा एमालेका हिक्कमतबहादुर कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई केन्द्रको सत्ता साझेदार दलको साथ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?