गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

लोकपथ
117
Shares

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेशसभा सचिवायलमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका हुन् ।

सत्ता साझेदार दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई उनको दल नेकपा एमालेका २१, माओवादीका ८, राप्रपाका २ गरी ३१ सांसदले उनको पक्षमा मतदान गरेका थिए भने । नेपाली कांग्रेसका २७ सांसदले उनको विपक्षमा मतदान गरेका थिए ।

यता एकीकृत समाजवादीका सांसद राजिव गुरुङ (दिपक मनाङे) भने बैठकमा उपस्थित भएनन् । यसअघि अधिकारीलाई सहयोग गर्ने घोषणा गरेका उनले मन्त्री नबन्ने संकेत पाएपछि तटस्थ बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?