काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको संज्ञा दिएका छन् ।
राष्ट्रिय सभामा बोल्दै गौतमले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको भन्दै भने, ‘जुन आजको स्थिति बिग्रेको छ भनिएको छ त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– एमालेका अध्यक्ष अनि पात्र त प्रचण्ड नै हो ।’
देशमा घटेको राजनीतिक महाभूकम्पका मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली नै भएको भन्दै उनले मुख्य पात्र भने प्रचण्ड भएको उल्लेख गरे ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्ने भन्दै उनले संविधानमा प्रतिपक्षी भन्ने शब्द नरहेको दलिल पनि गरे । कांग्रेसले प्रधानमन्त्रीलाई मत दिएर प्रतिपक्षमा भन्नु असंवैधानिक नहुने उनको भनाइ थियो ।
चुनावदेखि सरकार बनाउन गठबन्धनकै मात्र सहारा लिने हो भने एउटै पार्टी बनाए हुन्छ भन्दै उनले जनतालाई कुन पार्टी ठीक, कुन पार्टीको विचार ठीक, कुन पार्टीले समस्या समाधान गर्न सक्छ भन्ने स्वतन्त्रतापूर्वक रोज्न नदिने हो भने के अर्थ ? भन्ने प्रश्न गरे ।
अहिलेको निर्वाचन अरु केही नभई कांग्रेस र एमालेका विषयमा मात्र भएको भन्दै नेता गौतमले कृष्णले झै पछाडिबाट ओली र अर्जुनलेझै अगाडीबाट प्रचण्डले खेलेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया