सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, सभामुख चयन अन्यौल

लोकपथ
77
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले शुक्रबार एक सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

प्रदेश सभामुख चयनका लागि सुदूरपश्चिम प्रदेशसभामा शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएपछि मतदान प्रक्रिया अनिश्चित भएको हो ।

बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज (शुक्रबार) फेरि मतदान हुने भनिएको थियो । सभामुखमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र कांग्रेसका मानबहादुर रावल प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?