प्रदेश १ मा मुख्यमन्त्री कार्कीले गरे सरकार विस्तार, माओवादी र एमालेका थपिए मन्त्री

लोकपथ
117
Shares

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आज विश्वासको मत लिन लागेका कार्कीले त्यसअगावै माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् ।

आचार्य मोरङ, चापागाईं तेह्रथुम र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले आजै दिउासो प्रदेश सभामा विश्वासको मत लिँदैछन् । कार्की ६० सांसदको समर्थनमा आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?