राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
26
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?