बागमतीको सभामुख चयनका लागि आज निर्वाचन हुँदै

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ ।

बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचन प्रक्रिया शुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशको सभामुखका लागि ३ जनाको उम्मेदवारी परेको छ । केन्द्रको सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?