आज एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

लोकपथ
0
Shares

काठमाडौं । एमालेका पूर्वनेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो । कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइएको छ ।

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?