नर्भिक हस्पिटलमा कलेजो सम्वन्धी रोगको निशुल्क परामर्श

लोकपथ
39
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अर्न्तगत यो शनिवार (पुस ३० गते) पहिलोपटक कलेजो सम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन् । नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ ।

यसअघिका कैयन साताहरुका ओपिडी यूरोलोजीसँग सम्बन्धित थियो । पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले पुस ३० गते(शनिवार) विशेष ओपिडी सञ्चालन गर्न लागिएको हो । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् । निःशुल्क ओपिडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् । नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?