डिजी पे मा आवद्ध व्यवसायीलाई सुपथ मूल्यमा डिजिटल मार्केटिंग

लोकपथ
28
Shares

डिजी पे प्रा.लि. र 21st टेक प्रा.लि. बीच विशेष सहकार्य सम्झौता भएको छ । सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यवसाय आबद्ध योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंगद्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन् । सम्झौता अनुसार
डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यावसायीहरुले रु. ३०,००० पर्ने प्रिमियम प्याकेज मात्र रु. १५,००० मा र वेबसाइट र एप तथा अन्य विभिन्न सेवाहरु आफ्नो व्यावसायिक आवश्यकता अनुसार, ५०% सम्मको छुटमा बनाउन सक्नेछन् ।

21st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष सुश्री निलिमा दाहालका अनुसार यस सहकार्यले सबै डिजीपे मा आवद्ध व्यवसायिलाई आफ्नो सेवा तथा सामानको जानकारी गर्ने अवसर तथा व्यावसायिक लाभ हुने बताइन र यस्तो नौलो र विशेष सहकार्यमा आवद्ध हुन पाउनुमा खुशी व्यक्त गरिन ।

त्यस्तै डिजी पे का अध्यक्ष श्री दिवाकर बहादुर पाण्डेले आफ्ना व्यवसायीलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत डिजिटलमार्केटिंग क्षेत्रलाई पनि आवद्ध गर्नसक्नु विशेष उपलब्धि भएको उनले जनाए । यसै गरि अरु विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको उनले बताए ।

सम्झौतापत्रमा 21st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष सुश्री निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा 21st टेक प्रा लि र डिजी पे का विभिन्न व्यक्तित्वहरु पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?