वृक्षारोपण गरी मनाइयो जन्म उत्सव

लोकपथ
52
Shares

एम.भी. दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म उत्सवको अवसरमा दुगड ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा सोलुखुम्बु जिल्ला अन्तर्गतका विभिन्न सामुदायिक वनहरुमा आधिकारिक रुपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रिय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा करिव ५०,०००।– (पचास हजार) बोट विरुवा बृक्षारोपण कार्य सम्पन्न गरिएको छ ।  साथै स्थानीय वासिन्दाहरुलाई करिव ३०० विभिन्न फलफुल प्रजातिका विरुवाहरु निःशुल्क रुपमा वितरण गरिएको तथा लिखु – ए परियोजना अवलोकन गर्ने गरि पर्यटक र बटुवाहरुलाई बिश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाँउमा गोल राम्रा ३ सेडहरु र लिखु – २ को बाँध र लिखु – १ को पावर हाउस अवलोकन हुने गरि सेल्फी डाँडामा पर्यटक र बटुवाहरुको बिश्राम स्थल निर्माण गरिएको र भँडार अस्पतालमा आधुनिक X-Ray मेशिन उपलब्ध गराइएको ग्रुपले जनाएको छ।

ग्रुपको अटो डिभिजन अन्तर्गत नेपाल भरिका विभिन्न स्थानहरुमा कर्मचारीद्धारा वृक्षारोपण, विभिन्न प्रजातिका बोट विरुवाहरुको स्याहार, सम्भार तथा उचित हेरचाह रिएको रिर्पोट ग्रुपले सार्वजनिक गरेको छ जस अन्तर्गत काठामाडौंको बालाजुमा अवस्थित औद्योगिक क्षेत्र परिसरमा गत वर्ष रोपिएका १६० वटा बोट विरुवा, यसैगरि केदारनाथको शिर डोलेश्वर महादेव भक्तपुरमा रोपिएका ५५ वटा र बाँकी देशका बिभिन्न शाखाहरुमा २८५१ वटा गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल संख्या ३०६६ वटा बोट विरुवा वृक्षारोपण गरिएको र त्यसको पुनरावलोकन सहित उचित मल, जल, स्याहार, सम्भारको कार्य सम्पन्न गरिएको ग्रुपले जनाएको छ ।सो अवसरमा अध्यक्ष मोतीलाल दुगडले यस्तो सान्दर्भिक जन्म उत्सव मनाउने शैलीले आफुलाई थप हौसला मिलेको र अनावश्यक भोज, भतेर र पार्टी गर्नु भन्दा “सामाजिक तथा वातावरणिय कर्तव्य दिवसको” रुपमा आफ्नो जन्म दिन मनाउन पाउँदा अत्यन्त हर्षित तथा गौरवान्वित महशुस गरी कृतज्ञता व्यक्त गरेका थिए ।

गत वर्ष ग्रुप अध्यक्ष दुगडको ७५ औं जन्म उत्सवको अवसरमा देशका विभिन्न ठाउँमा रहेका शाखाहरुबाट ६ सय ६६ युनिट रगत (६६६) संकलन गरिएको थियो र त्यसैगरि सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको आँखा शिविरमा कुल ९५० जनाको आँखा जाँच गरिएको थियो भने ६३ जनाको निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिएको थियो । यसैगरि विरगञ्जमा रहेको मानव सेवा आश्रमका ६४ जना वृद्धालाई दिवा भोजनको समेत व्यवस्था गरिएको थियो र प्रदेश नम्बर दुईको पथलैया बारा जिल्लमा ट्राफिक बिट पोस्ट बनाएर प्रहरिलाई हस्तांतरण गरिएको थियो ।

७५ औं जन्म उत्सवको अवसरमा प्रतिबद्धता गरिए जस्तै एम.भी. दुगड ग्रुपले पुनः अर्को वर्ष अर्थात् ७७ औं जन्म उत्सवको अवसरमा फेरि पनि थप ५०,००० (पचास हजार) बोट विरुवाहरुको वृक्षारोपण गर्ने, ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा गर्ने लक्ष्यका साथ पहिले लगाइएका विरुवाहरुको सम्बर्धन गरिने छ र हाइड्रोपावरमा उपलब्ध जग्गााहरुको सदुपयोग गर्दै फलफुलका १,००० बिरुवाहरु लगाउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?