टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगी, भक्तपर सूर्यविनायक नगरपालिका–१० का २७ वर्ष कपिल गिरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थी रहेका छन् ।

उनीहरुले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खाातामा रकम जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ । साथै उनीहरुबाट जुवा खेलाउन प्रयोग गरेको तास समेत बरामद गरेको छ ।

पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा १० दिनको अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको छ ।

त्यसैगरी कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएको र १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको देखिएको छ ।

प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?