सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ

लोकपथ
104
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल सहित ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार मुख्यमन्त्री रावलसहित एमालेबाटै विना विभागीय मन्त्री सन्तोष कुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विना विभागीय मन्त्रीमा खगराज भटट्ले शपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले आज शपथ ग्रहण गराएका हुन् ।

नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् । थापा भने नेकपा एमालेकी समानुपातिक प्रदेश सभा सदस्य हुन् ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी, राप्रपाले भने अझै सरकारमा भएका छैनन् ।

सरकारसँग राखेको माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने वातावरण बन्ने नागरिक उन्मुक्ति पार्टीको अडान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?