काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने भएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास धुम्बुराहीमा बसेको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरिसकेपछि सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलहरुसँग छलफल गर्ने र विभिन्न भातृ संस्थाहरुलाई पूर्णता दिनेबारे निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आइरहेकाले विभिन्न भातृ संस्थाहरुलाई पूर्णता दिएर चलायमान बनाउने विषयमा छलफल भएको हो ।
‘मुख्यत बैठकमा सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’ उनले भने, ‘त्यसको साथै स्ववियुको निर्वाचन आइरहेको छ तर हाम्रा भातृ संस्थाहरुले पूर्णता पाएका छैनन् । भातृ संस्थालाई पूर्णता दिएर चलायमान बनाउने विषयमा समेत छलफल भएको छ ।’
आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिए पनि कांग्रेसका भातृ संस्था नेविसंघ, तरुण दल लगायतका संगठनहरुले पूर्णता पाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया