काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको निवेदनको सुनुवाइ सकिएको छ ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासमा सुनुवाई भएको हो ।
जिल्ला अदादत काठमाडौंले प्रारम्भिक प्रमाणका आधारमा लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । तर लामिछानेले गत मंसिर २९ गते जिल्ला अदालत काठमाडौंको आदेश बदरको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए ।
उनीमाथि नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।
बिहीबार सबै बहस सकिएसँगै लामिछानेलाई थुनामा पठाउने वा धरौटी माग गर्ने भन्ने आदेश हुनसक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया