राष्ट्रपति निर्वाचनलाई ख्याल गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दियाैं–कोइराला

लोकपथ
0
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावलाई लक्षित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको प्रष्ट गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकामा पार्टीभित्रै र बाहिरबाट समेत आलोचना भइरहँदा नेता कोइरालाले मत दिनुको पछाडीको कारण खुलाएका हुन् ।

बिहीबार विराटनगरमा पत्रकारहरुसँग नेता कोइरालाले निर्वाचन अझै बाँकी रहेको र ती चुनावहरुलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको बताए ।

आफूले सभामुख, उपसभामुखको कुरा गरेको होइन भन्दै उनले भने, ‘राष्ट्रपति निर्वाचन, उपराष्ट्रपति निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

नेता कोइरालाले ती निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने पनि बताए । ती चुनावमा माओवादीले मत दिने निश्चित नभए पनि आफूहरुले आशा भने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?