लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए शपथ, दुई जना बने मन्त्री

लोकपथ
65
Shares

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । पद तथा गोपनीयताको शपथका लागि दिउँसो १ बजे कार्यक्रम तय गरिए पनि सत्ता साझेदार दलहरूको आन्तरिक छलफलका कारण करिब एक घण्टा ढिलो भएको थियो ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । त्यस्तै नेकपा माओवादी तर्फ बाँके निर्वाचन क्षेत्र नं. १(१) निर्वाचित सांसद कृष्णा केसीले बिना विभागीय मन्त्रीको जिम्मेवारीसहितको पथ तथा गोपनीयताको शपथ लिएकी छिन् ।

मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुुन उनलाई बिना विभागीय मन्त्री रूपमा शपथ खुवाइएको हो । त्यस्तै नेकपा एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?