प्रदेश १ मा माओवादी पनि सरकारमा सामेल हुने

लोकपथ
78
Shares

काठमाडौं । माओवादी केन्द्र पनि प्रदेश नं १ सरकारमा सामेल हुने तयारी थालेको छ ।

यसअघि सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल नहुने अडानमा रहेको थियो । तर केन्द्रको निर्देशनपछि सरकारमा सामेल हुनेगरी छलफलमा जुटेको प्रदेश १ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार ५ वर्षे कार्यकालमा आधा आधा समय सरकारको नेतृत्व गर्नेगरी छलफल थालिएको हो ।

‘सरकारमा सामेल नहुने भन्ने अडान थियो । तर केन्द्रबाटै आलोपालो सरकारको नेतृत्व गर्नेगरी छलफल थाल्न भनिएपछि हामी छलफलमा जुटेका छौँ ।’ उनले लोकपथसँग भने ।

त्यसैगरी सरकारमा सामेल हुने भएसँगै मन्त्रीका आकांक्षीहरुको नाम समेत आउन थालेको उनले बताए । तर कुन कुन मन्त्रालय भन्ने कुनै छलफल भइनसकेको उनको भनाइ छ ।

बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । सो छलफलमा प्रदेश १ मा आलोपालो सरकार चलाउने सहमति भएसँग प्रदेश १ को समिकरण बदलिएको हो ।

माओवादीसहितको समर्थनमा प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतबहादुर कार्की नियुक्त भइसकेका छन् ।
शुक्रबार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । माओवादीमा सहमति जुटाएर सोही दिन मन्त्रीहरुको टुंगो लगाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?