काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले बिहीबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
बैठकमा पार्टीको संगठन निर्माण र समसामयीक घटनाक्रमका बारेमा छलफल हुँदैछ ।
‘पार्टी संगठनलाई थप चलायमान बनाउनेसहित समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।’ पौडेलले लोकपथसँग भने ।
बैठकमा पार्टी पदाधिकारीसहित अन्य शीर्ष नेताहरुलाई समेत बोलाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया