बागमती प्रदेशको सभामुखका लागि कांग्रेसका अधिकारीले दर्ता गराए उम्मेदवारी

लोकपथ
117
Shares

काठमाडौं । बागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसका सांसद शिवराज अभिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा उम्‍मेदवारी दर्ता गराएका हुन् ।

केहीबेर अघि अधिकारीले बागमती प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका हुन् ।

११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित पहिलो दल बनेको छ ।

उनी धादिङबाट समानुपातिक सांसद बनेका हुन् ।

त्यस्तै यसअघि सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेदवारी दर्ता गराएकी छिन् ।

त्यसैगरी बागमतीमा सत्ता साझेदार दलले राप्रपालाई सभामुखमा अघि सारेको छ । राप्रपाका महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुवन पाठकले उम्मेदवारी दर्ता गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?