हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।
उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी हुन् ।
सायजुलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइ प्रस्ताव र गीता काफ्ले समर्थकमा रहेको सचिव कृष्णहरी खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया