बागमती प्रदेश सभामुखको मनोनयन आज, कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने

लोकपथ
195
Shares

हेटौंडा । बागमती प्रदेश सभामुखका लागि आज मनोनयन गरिँदैछ । बागमती प्रदेश सभा सचिवालयका अनुसार बिहान १०ः३० देखि २ बजेसम्म सभामुखको मनोनयनको समय तोकिएको छ।

प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता तथा दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

सभामुखका निर्वाचनका लागि मतदान भने शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभा हलमा गरिने छ ।

यसैबीच, नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुखका लागि धादिङका शिवराज अधिकारी उम्मेदबार बनाउने भएको छ ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाका अनुसार धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

सत्ता गठबन्धन दलहरुले भने राप्रपाका भुवन पाठकलाई उम्मेदवार बनाएका छन् । सत्ता गठबन्धनबीच भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेको थियो । सोही अनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाएको हो ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् भने कांग्रेससँग ३७ र नेमकिपाका ३ सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?