काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । बुधबार त्यसका लागि मनोनयन दर्ता भएको थियो ।
जसअनुसार प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।
माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया