प्रधानमन्त्रीलाई विश्वासको मत दिएका फरार सांसद महतोलाई गृहमन्त्री लामिछानेले देखेनन्

लोकपथ
189
Shares

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए । तर गृहमन्त्री लामिछानेले उक्त बैठकमा उनलाई नदेखेको जवाफ दिएका छन् ।

सांसद महतोलाई मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?