सभापति देउवाद्वारा ३०१ औँ पृथ्वी जयन्तीको शुभकामना व्यक्त

लोकपथ
26
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । देउवले सो अवसरमा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

बुधबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उहाँको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

उनले आधुनिक नेपाल निर्माणमा पु¥याएको योगदानको समेत स्मरण गरेका छन् । ‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?