कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा आज सरकार गठन हुँदै

लोकपथ
28
Shares
??????? ??????????? ?????? ???? ????? ?????? ?????? ????? ??????? ????????? ????? ? ??????? ????? ??????÷????

काठमाडौं । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । सरकारको नेतृत्वका लागि दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज यी तीन प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दलहरुले राजनीनिक समर्थन जुटाएर दाबी पेश गर्न लागेका हुन् ।

सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्ने करीब पक्का जस्तै छ । तर, यहाँ निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म सरकारलाई समर्थन गर्ने, नगर्नेबारे आधिकारिक निर्णय गरिसकेको छैन ।

सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।  नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । अहिलेका सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताउँछन् ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

यस्तै, कर्णाली प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पर्नेछ । लुम्बिनी प्रदेशसभा पनि सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज सकिँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिँदै छ । मंगलबार (हिजो) नै सरकारमा दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुगेपछि सत्ता गठबन्धनले दाबी पेस गर्न सकेन । एमालेका केन्द्रीय सदस्यसमेत रहेका रूपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार विभिन्न दलका सांसदहरू बाहिर रहेकाले हस्ताक्षर रोकिँदा सोमबार तय गरिएको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

प्रदेशको नेतृत्व पूरा कार्यकाल नेकपा (एमाले) लाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका संसदीय दलको नेता जोखबहादुर महरा सरकारको नेतृत्व आधा–आधा कार्यकालको हुनुपर्ने मागसहित काठमाडौंमा छन् । तर, ढकालले माओवादीको आन्तरिक असन्तुष्टिको विषय संघसँग भएकाले बुधबार (आज) मध्याह्न १२ बजेतिर मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरिएको बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते (आज) अपराह्न ४ बजेसम्म सरकार गठनका लागि समय दिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार बसेको बैठकले आज नै बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गर्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् ।

नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । उनीहरूले सरकार गठनबारे कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?