१३ चैत्र २०७९, सोमवार

कांग्रेस सांसदहरूलाई माघ ९ सम्म काठमाडौं नछाड्न ह्वीप

२०७९,पुष,२७,बुधबार १०:२९

504
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधि सभा सदस्यहरूलाई काठमाडौं नछाड्न ह्वीप जारी गरेको छ ।

बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नुपर्ने भन्दै बिना जानकारी काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसले ह्वीप लगाएको हो ।

बदलिँदो राजनीतिक परिस्थिति, सरकारले संसदमा लिएको विश्वासको मत, सभामुख–उपसभामुखको निर्वाचन लगायत कारण सांसदहरूलाई काठमाडौं नछाड्न ह्वीप लगाइएको सांसद वीरबहादुर बलायरले जानकारी दिएका छन् ।

कांग्रेसले एमाले गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार (२६ पुस) मा संघीय संसदको प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो । उनले लगभग सबैजसो सांसदको विश्वास पाएका छन् ।

प्रतिपक्षमा बस्नेगरी कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच केही राजनीतिक लेनदेनको समझदारी भएको अनुमान गरिएको छ ।

यस्तो राजनीतिक चर्चा चलिरहेका बेला कांग्रेसले कुनै पनि बेला छलफल गर्नपर्ने हुनसक्छ भन्दै सांसदहरुलाई उपत्यका नछाड्न भनेको हो ।

प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसमा दुई धार देखिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले सरकारलाई विश्वासको मत दिने विषयमा विमती जनाएका थिए ।

सभामुखको निर्वाचनसमेत गर्ने प्रयोजनका लागि माघ ५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । माघ ९ मा भने उपसभामुखको निर्वाचन गराउने तयारी छ ।

प्रकाशित मिति: २०७९,पुष,२७,बुधबार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६