फरक मतकाबीच पार्टीको निर्णय इमान्दारपूर्वक पालना भयो : महामन्त्री शर्मा

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले कांग्रेसभित्र फरक मतका बीचमा पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पार्टीभित्र पार्टीभित्र दुईखाले मत भएपनि इमानदनरितापूर्वक विश्वासको मत दिएको बताएका हुन् ।

उनले भने, ‘कुनै जोडिले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा फरक विचार आउँदो रहेछ । बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा । तर, बोलाएर टिकोटालो गरेपछि कुनै न कुनै रुपमा सहभागी हुनु पर्ने रहेछ । घरजम छँदा प्रेम टुट्यो ।

डिभोर्स भइसकेपछि माया बस्यो भन्या जस्तोजस्तै भयो ।’ पार्टीको बैठकमा फरक विचार प्रस्तुत गरेपनि अन्ततः पार्टीको निर्णय इमान्दारपूर्वक पालना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?