बमद्वयको सक्रियताले पनि रोकिएन अवैध कारोबार

कञ्चनपुर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दक्षिणी भेगमा पर्ने पुनर्वासका लागि प्रहरी निरीक्षक कर्ण बहादुर बम र सहायक निरीक्षक खडक बमलाई  खटाइएको छ ।

बमद्वय यहाँ आएसँगै सीमा नाकाबाट हुने लागूऔषध ओसारपसार र  सवारीसाधन  चोरीका घटना न्यूनीकरण गर्न उनीहरुले सक्रियतापूर्वक काम गरेका छन् ।

 पुनर्वास नगरपालिका लागूऔषध  ओसारपसार, चोरी गाडी निर्यात, हत्यालगायतको हब बन्दै गएको बेला बमद्वयको सक्रियताले यस्ता घटनामा कमी आएको बताइएकाे छ ।

जिल्लाको दक्षिणी सीमा पुनर्वासको त्रिभुवन बस्ती ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक कर्णबहादुर बम  र ट्रफिक प्रहरी सहायक निरीक्षक खडक बम आए लगत्तै लागू औषध ओसारपसार नियन्त्रण र चोरी गाडी समात्ने कार्यमामा प्रहरीले एकपछि अर्को सफलता हात पार्दै आएको हो ।

यद्यपी पुनर्वास स्थित नेपाल भारत सीमाबाट आइबिआरडीको बाटो प्रयोग गर्दै हुने तस्करी नियन्त्रणमा  अस्थायी प्रहरी गम्भीर नबनिदिँदा उनीहरुकाे सक्रियता प्रभाकारी बन्न नसकेकाे स्थानीयहरु बताउँछन् ।

प्रहरी चौकी आइबिआरडीले सीमापारीका बजारबाट अबैध रुपमा चोरीपैठारी हुँदै भित्रिने सामानमा कडाई नगर्दा सहजरुपमा कैलालीको धनगढी  राजपुर हुँदै अत्तरिया सम्म खुलेयाम पुग्ने गरेको छ  ।

पुनर्वासमा पछिल्लो केही समययता लागू औषध ओसारपसार , लगायतका अपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको सकृयता राम्रो रहेको कञ्चनपुर प्रहरी प्रमुख  एसपी कुबेर कडायतले बताए । उनले अस्थायी प्रहरी चौकी आइबिआरडीका इन्चार्जको गतिविधिबारे गुनासाे अाइपुगेकाे भन्दै यसबारे छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताए ।

पुनर्वासमा एक साता नबित्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आठ जना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ  । यस्तै हत्या बलात्कारलगायतका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर सुशासनकाे प्रत्याभूति दिन  पनि पुनर्वास प्रहरी सफल देखिएकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?