काठमाडौं । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन्।
त्यस अवसरमा उनले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।
सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोके । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।’
सत्तारुढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमती भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया