काठमाडौं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन हुनेमा आफूले विश्वास लिएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, सरकाले ल्याएका कार्यक्रमहरु राम्रा छन् यी कार्यक्रमहरु ५० प्रतिशत मात्रै कार्यान्वयन हुने हो भने विकास र सुशासनमा सरकार ऐतिहासिक बन्छ ।
सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईँले गरेका वाचा पूरा गरिदिनुस्, प्रस्तावलाई समर्थन गर्छु, विश्वासको मत दिन्छु ।’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रतिबद्धता जनाउँदै बैठकमा उनले सरकारका कार्यक्रम र प्राथमिकता अनुसार आफ्नो समर्थन रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया