नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा नजाने

लोकपथ
14
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रयोजनका लागि बसेको बैठकमा बोल्दै पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले सो कुरा बताएकी हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यसअघि नै समर्थन गरेको भन्दै त्यसैको निरन्तरता दिने बताइन् ।

त्यसका साथै पार्टीका नेता रेशम चौधरीको रिहाइको माग समेत गरेकी छिन् । टिकापुर घटनामा चौधरीहरुलाई थुनिएको भन्दै थुनामुक्तको माग राखेकी हुन् ।

आफ्ना मागहरु पूरा हुने आशासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा नजाने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?