काठमाडौं । एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको संसद बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।
त्यसका साथै आफूहरुको विभिन्न सर्त रहेको उनले बताए ।
त्यसैगरी अहिलेको सरकारले काम गर्नुपर्ने कामका बारेमा सरकारको ध्यानाकर्षण गरेका छन् । त्यस्तै देशमा भ्रष्ट्राचार नियन्त्रण हुनुपर्नेमा जोड दिएका छन् ।
सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा केही विषयहरु थपघट गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया