१८ मङ्सिर २०८०, सोमवार

छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

२०७४,कार्तिक,५,आईतवार ०५:०४

0
Shares

गौशाला, ५ कात्तिक  ।हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा सात लाख जनसंख्या रहेकामा करिब ८० प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको मनरा गाउँपालिका–१ का डोम रुदल मल्लिकले बताए ।छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरीलगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउने भएकाले आफूहरूले छठ पर्वका बेला ती भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको जलेश्वर–२ का रामजी डोमको भनाइ छ ।गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेको महोत्तरीको विकट लोहारपट्टि नगरपालिकाकी ७० वर्षीया बुधनी डोमिनले बताइन ।डालो बुन्दै गरेकी जिल्लाको एकडारा गाउँपालिकाकी ५० वर्षीया रुक्मिनीया डोमिनले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताइन ।छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटिका मनाउँदैछन् । नेपालीहरुको महान् चाडमध्ये भाइटीका पनि एक हो ।

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि

काठमाडौं । आज विश्व मुटु दिवस । विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको

काठमाडौं । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ । यो रोगबाट

ताजा समाचार