काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णयमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।
आज प्रधानमन्त्रीको विश्वास लिने प्रयोजनका लागि बसेको संसदको बैठकमा बोल्दै माओवादी सांसद रेखा शर्माले प्रतिपक्षी दलले समेत समर्थन गर्नु स्वागतयोग्य रहेको बताएकी हुन् ।
नेपाल संकटमा हुँदा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु सकारात्मक रहेको बताइन् ।
त्यसैगरी सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि आह्वान गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया