देशलाई औद्योगिकरण र आधुनिकीकरणतर्फ लानु छ : ओली

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई औद्योगिकरण र आधुनिकीकरणतर्फ लानुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसलेसमेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय स्वागतयोग्य भएको बताउँदै सबै दल र स्वतन्त्र सांसदलाई पनि मत दिन आग्रह गरे । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले संविधानको ७६(४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?