काठमाडौं । आफ्नो तेस्रो कार्यकालका लागि विश्वासको मत मागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट झण्डै हुबहु मत पाउने भएका छन् ।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा बनेको सात दलीय गठबन्धनको साथ उनलाई छ । सात दलसँग हाल १६९ सांसद छन् । जसको साथ उनलाई रहन्छ नै । तर, उनलाई प्रतिपक्षीमा रहने घोषणा गरेको नेपाली कांग्रेससमेतले विश्वासको मत दिने उद्घोष गरेकाले यो संख्या झण्डै शतप्रतिशतमा पुग्ने भएको छ ।
सदनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा समर्थन गर्न प्रचण्डले मागेको मतमा सघाउने घोषणा गरेसँगै कांग्रेसको ८८ मत पनि अब उनले पाउने छन् ।
जसमा सात दलसँग रहेको १६९ मा ८८ थपिँदा २५७ मत हुनेछ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन नगरेका कांग्रेसको अलवा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले पनि विश्वासको मत दिने छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहँदा १२ दल र स्वतन्त्रसहित बाँकी २७४ सांसदले मताधिकार प्रयोग गर्नेछन् । सिंगो संसदमा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् । उनीहरुसँग रहेको एक-एक मत कटाउँदा बाँकी २७२ मत प्रचण्डले पाउने भएका हुन् ।
संसदमा प्रधानमन्त्री प्रचण्डले अब नेपाली कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसदको मत पाउने छन् ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री नदिने भएपछि पाँचदलीय गठबन्धन टुटाएर एमालेको साथमा पुगेर सात दलको सहारामा उक्त पदमा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया