संसद विघटन सही भन्ने ओलीको भनाइप्रति देउवाको कटाक्ष

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन सही रहेको भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले असन्तुष्टि जनाएका छन् ।

आज प्रधानमन्त्रीलाई विश्वासको मत दिन बसेको बैठकलाई सम्बोधन गर्दै देउवाले पुनः संसद विघटनलाई सही भन्नुले आफूहरुको ध्यानाकर्षण भएको बताए ।
ओलीले सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै आफूले गरेको प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन नभएको भन्दै आफ्नो कदमको बचाउ गरेका थिए ।

‘वर्तमान प्रधानमन्त्रीको लागि यो पनि परिक्षाको घडी हो । संविधानको रक्षाका पक्षमा उभिनु हुनेछ भन्ने विश्वास छ ।’ उनले भने ।

त्यस्तै प्रतिनिधि सभाको पूर्ण कार्यकाल नै सरकारको पहिलो प्राथमिकता हुनुपर्ने देउवाको सुझाव रहेको छ ।

त्यसैगरी आफूहरुले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?