विश्वासको मत दिने कांग्रेसको निर्णयमा प्रदीप पौडेलको असहमति

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले असहमति जनाएका छन् ।

आज बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसद पौडेलसहित अन्य ५ सांसदले असहमति जनाएका हुन् ।

‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन । कानुनी जटिलताहरु छन् भनेर मैले असहमती जनाएको हुन् ।’ पौडेलले भने।

कार्यसम्पादन समितिले प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने निर्णय गरेको थियो। त्यही निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।

कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस्तै केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमती दर्ज गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?